मानव बेचबिखनको बदलिँदो स्वरूप रोकथाम गर्न सामूहिक प्रयास आवश्यक : आईजीपी कार्की

  • मङगलबार १२ साउन २०८३ ०८:१९ AM
प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले मानव बेचबिखनको बदलिँदो र जटिल बन्दै गएको स्वरूपलाई नियन्त्रण गर्न राज्य, सुरक्षा निकाय, नागरिक समाज तथा अन्तर्राष्ट्रिय समुदायबीच समन्वित र सामूहिक प्रयास आवश्यक रहेको बताएका छन् । मंगलबार आयोजित ‘नेपालमा मानव बेचबिखनविरुद्ध लड्न सामूहिक प्रयास’ विषयक कार्यक्रममा बोल्दै आईजीपी कार्कीले मानव बेचबिखन अब परम्परागत स्वरूपमा मात्र सीमित नरहेको बताए ।