सभामुख डीपी अर्यालले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका मुख्य सचेतक तथा सचेतकहरूसँग छलफल गरेका छन् । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा जारी छलफल मुख्यतः बिहीबार बस्ने प्रतिनिधि सभाको बैठकको तयारी र कार्यसूचीमा केन्द्रित रहेको जनाइएको छ । लामो समयपछि बिहीबार प्रतिनिधि सभाको बैठक बस्न लागेको हो । यसअघि संसद बैठक १५ दिनका लागि स्थगित गरिएको थियो