काठमाडौँ । वीरगन्जस्थित नारायणी अस्पतालका सबै चिकित्सकहरूले सामूहिक राजीनामा बुझाएका छन् । गएको शनिवार अस्पतालमा तोडफोड र चिकित्सकमाथि कुटपिटको विरोधमा उत्रिएका चिकित्सकहरूले सामूहिक राजीनामा बुझाएका हुन् । यस्तै, अस्पतालको आकस्मिक सेवा समेत बन्द भएको छ । चिकित्सकहरूले प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षकको राजीनामा लगायतका माग राख्दै चिकित्सकहरू राजीनामा माग गरेका छन् । चिकित्सकमाथि आक्रमण गर्नेलाई कानुनी कारबाही गर्नुपर्ने उनीहरूको माग छ । यस्तै देशभर ओपीडी सेवा बन्द भएको छ । चिकित्सकहरूको आन्दोलनका कारण सेवा लिन पुगेका बिरामीहरू मारमा परेका छन् । नेपाल चिकित्सक सङ्घले वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत ... The post नारायणी अस्पतालका सबै चिकित्सकले दिए राजीनामा, आकस्मिक सेवा पनि बन्द appeared first on Kalika Khabar.