२४ वर्षमा पनि सकिएन कमेरोटार जग्गा एकीकरण आयोजना

  • मङगलबार १२ साउन २०८३ ०२:०१ PM
भक्तपुर : शहरीकरणलाई व्यवस्थित बनाउने उद्देश्यले भक्तपुरको मध्यपुर थिमि नगरपालिका क्षेत्रमा सुरु गरिएको कमेरोटार जग्गा एकीकरण आयोजना सुरु भएको करिब २४ वर्ष बितिसक्दा पनि अझै पूर्ण हुन सकेको छैन । आयोजना लामो समयसम्म अधुरै रहँदा स्थानीय जग्गाधनी तथा सर्वसाधारणले सडक, ढल, खानेपानीलगायत आधारभूत पूर्वाधारको सुविधा पूर्ण रूपमा पाउन सकेका छैनन् ।आयोजनासम्बन्धी संक्षिप्त जानकारी दिन आयोजनाको कार्यालयले सोमबार भक्तपुरमा गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार आयोजनाको काम अझै बांँकी नै छ । मध्यपुर