सभामुखलाई भेटेर आङदेम्बेले भनेः सरकार मुलुकका समस्याप्रति गम्भीर भएन,तपाईंले हस्तक्षेप गर्नुपर्छ

  • मङगलबार १२ साउन २०८३ ०७:२९ AM
काठमाण्डु– प्रमुख प्रतिपक्षी कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद अर्याललाई भेटेर मुलुकमा विकसित पछिल्ला राजनीतिक घटनाक्रमका विषयमा ध्यानाकर्षण गराएका छन् । मंगलबार सिंहदरबारमा रहेको संघीय संसद् सचिवालयस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा प्रभावकारी रुपमा संसद् सञ्चालन, राष्ट्रिय सुरक्षाको अवस्था तथा प्राकृतिक विपद्का कारण उत्पन्न चुनौतीलगायत विषयमा आङ्देम्बेले सभामुखको गम्भीर ध्यानाकर्षण गराएको उनको सचिवालयले जनाएको