सभामुख, मुख्य सचेतक र सचेतकबीच छलफल

  • मङगलबार १२ साउन २०८३ ०८:०१ AM
काठमाण्डु– सभामुख डोल प्रसाद अर्याल (डीपी) ले मुख्य सचेतक र सचेतकसँग छलफल गरेका छन् । छलफलमा बिहीबार बस्ने प्रतिनिधि सभाको बैठकको विषयमा केन्द्रित रहेर प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका मुख्य सचेतक र सचेतकहरूसँग छलफल गरेका हुन्। सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा छलफल जारी छ। प्रतिनिधिसभाको बैठक बिहीबार बस्दै छ।