सिरहा। सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा प्रहरीको गोली लागेर मृत्यु भएको घटनाको विरोधमा सिरहाको गोलबजार नगरपालिका–८ पुरानो चोक चोहर्वामा स्थानीयले प्रदर्शन गरेका छन्। घटनाको निष्पक्ष छानबिनको माग गर्दै स्थानीयहरूले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेर प्रदर्शन गरेका हुन्। प्रदर्शनका क्रममा उनीहरूले प्रधानमन्त्री बालेन शाह र गृहमन्त्रीको राजीनामा समेत माग गरेका थिए। सुनसरीमा सरकारले नै युवाको हत्या गरेको आरोप लगाउँदै उनीहरूले गोली चलाउनेमाथि कारबाही गर्नुपर्ने र प्रहरी दमन बन्द गर्नुपर्ने माग राखेका छन्। त्यसैगरी धनगढीमाई नगरपालिकाको कसहामा पनि स्थानीयले बाटो अवरुद्ध गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक (एसपी) बासुदेव पाठकका ... The post सुनसरी घटनाको निष्पक्ष छानबिनको माग गर्दै सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग appeared first on Kalika Khabar.