काठमाडौं ।आम जनता पार्टी (आजपा)ले सुनसरी जिल्लाको देवागञ्ज गाउँपालिकामा भएको हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पार्टीका प्रवक्ता तिलक थापा मगरले आज प्रेस वक्तव्यमार्फत सो घटनामा मृत्यु भएका २५ वर्षीय ओम प्रकाश मेहताप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। गत साउन १० गते राति देवागञ्ज गाउँपालिका वडा नं. ३ कप्तानगञ्जमा दुई पक्षबीच विवाद भएको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागि स्थानीय ओम प्रकाश मेहताको मृत्यु भएको र दर्जनौँ नागरिक घाइते भएका थिए । आजपले स्थानीय प्रहरी प्रशासनले समयमै सुरक्षा सतर्कता नअपनाएका कारण दुई पक्षीय झडपको स्थिति सिर्जना ... The post आजपाद्वारा सुनसरी घटनाप्रति ध्यानाकर्षण: निष्पक्ष छानबिन र क्षतिको माग appeared first on Kalika Khabar.