विराटनगर । सुनसरी देवानगञ्जको घटनापछि उत्पन्न स्थिति सामान्यतर्फ उन्मुख रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । स्थानीय दुई समूहबीच भएको झडपलाई नियन्त्रण गर्ने क्रममा गोली लागेर एक जनाको उपचारको क्रममा निधन भएको थियो । उक्त घटनामा सुरक्षा फौजका १५ जना र स्थानीय ११ जना घाइते भएको सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछानेले जानकारी दिए