माईतीघर डुबानको मुख्य कारण: ढलको अतिक्रमण र टुकुचाको उल्टो चाप

  • मङगलबार १२ साउन २०८३ ०६:२६ AM
काठमाडाैं । काठमाडौंको माइतीघर लगायतका क्षेत्रमा बर्सेनि दोहोरिने भीषण डुबान र ढल निकासको समस्या प्राविधिक त्रुटि, अव्यवस्थित सहरीकरण र संरचनागत अतिक्रमणको संयुक्त परिणाम भएको निष्कर्ष निकालिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको संयोजकत्वमा गठित चार सदस्यीय संयुक्त प्राविधिक टोलीले साउन ६ गते गरेको स्थलगत निरीक्षणपछि बुझाएको अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो ।