काठमाण्डु– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफू सुशासन कायम गर्न व्यवहारबाटै प्रतिबद्ध रहेको बताएका छन् । मन्त्रालयको वार्षिक राजश्व समीक्षा बैठकमा सोमबार वाग्लेले आफूले एक जना मात्र सल्लाहकार राखेको बताए । आफूले राखेका राजश्व सल्लाहकार पनि अवैतनिक (तलब सुविधा नलिने) राखेको उनको भनाइ थियो । यद्यपि उनले प्रधानमन्त्री कार्यालयसहित अरु मन्त्रालयमा धेरै सल्लाहकार राखिएको उल्लेख गरे