काठमाडौँ । अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गानाले अशोक दर्जीको घटनालाई ‘फन्डा’ नठान्न आग्रह गरेकी छन् । मङ्गलवार सामाजिक सञ्जालमा एक पोस्ट गर्दै उनले घटनालाई केवल चर्चाका लागि सिर्जना गरिएको ‘फन्डा’ ठान्नेहरूलाई संवेदनशील बन्न आग्रह गरेकी हुन् । ढुङ्गानाले विवादित भिडियो सार्वजनिक भएपछि अशोकले गम्भीर मानसिक पीडा भोग्नुपरेको बताउँदै आफूहरूले त्यो अवस्था नजिकबाट महसुस गरेको उल्लेख