काठमाडौँ । इनड्राइभले ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ कार्यक्रमको पहिलो चरण सम्पन्न गरेको छ । महिलालाई ड्राइभिङ पेसामा अघि बढ्न समान अवसर सिर्जना गर्ने उद्देश्यले सञ्चालन गरेको उक्त कार्यक्रमको पहिलो चरण सफलतापूर्वक सम्पन्न गरेको इनड्राइभले जानकारी दिएको हो । कार्यक्रमअन्तर्गत काठमाडौँमा आयोजित प्रमाणपत्र वितरण समारोहमा तीन महिनाको प्रशिक्षण पूरा गरेका १० जना महिलालाई सम्मान गरिएको छ