मानव बेचबिखनको नयाँ स्वरूपलाई सम्बोधन गर्न ‘एन्टी साइबर स्क्याम सेल’ स्थापनाको तयारी

  • मङगलबार १२ साउन २०८३ ०७:०८ AM
काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मानव बेचबिखनको बदलिँदो स्वरूपलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न नेपाल प्रहरीले साइबर ब्यूरोअन्तर्गत ‘एन्टी साइबर स्क्याम सेल’ स्थापना गर्ने प्रस्ताव अघि बढाएको बताएका छन् । मंगलबार विश्व मानव बेचबिखनविरुद्धको दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले पछिल्लो समय मानव बेचबिखन परम्परागत स्वरूपबाट रूपान्तरण हुँदै डिजिटल प्लेटफर्ममार्फत हुने ‘साइबर स्लेभरी’ र