होर्मुजलाई लिएर इरानले किन उठाइरहेको छ यति ठूलो जोखिम छ ?

  • मङगलबार १२ साउन २०८३ १२:०१ PM
इरान : होर्मुज जलडमरूमध्यमाथिको नियन्त्रणलाई लिएर अमेरिका र इरानबीच धेरै दिनसम्म तनाव चलेपछि, इरानी नेतृत्वका सामु अहिले मुख्यतः तीन विकल्प देखिएका छन् । तर तीमध्ये कुनै पनि विकल्पले स्पष्ट रूपमा सहज जितको बाटो देखाउँदैन । पहिलो विकल्प : अमेरिकी मागहरू स्वीकार गन । इरानले अमेरिकाका अधिकांश मागहरू स्वीकार गर्न सक्छ। जसअन्तर्गतः व्यावसायिक जहाजमाथिको आक्रमण रोक्ने, होर्मुज जलडमरूमध्यबाट सुरक्षित र अवरोधरहित आवतजावतको ग्यारेन्टी गर्ने, उच्चस्तरसम्म संवर्धित युरेनियमको मौज्दात घटाउने वा हट