सुन-चाँदीको मूल्य घट्यो,तोलाको बजार भाउ के छ  ?

  • मङगलबार १२ साउन २०८३ १२:०१ PM
काठमाडौं : नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। सुनको मूल्य ४ हजार ३०० रुपैयाँ र चाँदी १३५ रुपैयाँले घटेको हो।नेपाल सुन -चाँदी व्यवसायी महासंघका अनुसार ४ हजार ३०० रुपैयाँले घटेर सुन प्रतितोला २ लाख ८४ हजार २०० पुगेको छ। सोमबार एक तोला सुनको मूल्य २ लाख ८८ हजार ५०० कायम भएको थियो।यस्तै चाँदी प्रतितोला ४ हजार ३१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अघिल्लो दिन सोमबार एक तोला चाँदी ४ हजार ४४५ रुपैयाँमा कारोबार भएको थियो। चाँदी सोमबारको तुलनामा १३५ रुपैयाँले घटेको हो।&nbs