काठमाडौं : चिकित्सकहरुको आन्दोलनका कारण देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा ठप्प भएका छन् । वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र त्यसपछिका घटनाको विरोधमा नेपाल चिकित्सक संघको आह्वानमा मंगलबार देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको हो ।संघले साउन ९ गते नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको सांघातिक आक्रमण तथा अस्पतालमा भएको तोडफोडको घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग गरेको छ । चिकित्सकहरुक