नागढुंगा-सिस्नेखोला सुरुङमार्गको उद्घाटनसँगै नेपालमा सुरुङ युगको नयाँ अध्याय, कहिलेसम्म लाग्दैन शुल्क ?

  • मङगलबार १२ साउन २०८३ ०६:०९ AM
नेपालको यातायात पूर्वाधारको इतिहासमा एक महत्त्वपूर्ण कोशेढुंगा पार गर्दै नागढुंगा-सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ । ‘अपरेसनल’ तथा ‘मेन्टिनेन्स’ परीक्षण सफलतापूर्वक सम्पन्न भएपछि सोमवार आयोजित एक समारोहका बीच यस सुरुङमार्गको उद्घाटन भएसँगै नेपाली जनताको आधुनिक सुरुङमार्गमा सवारी गुडाउने दशकौँ पुरानो सपनाले मूर्त रूप पाएको हो । नेपालको पहिलो सडक सुरुङमार्गको रूपमा रहेको यस आयोजनाको