आधुनिक भूराजनीतिमा मिसाइलको प्रहारभन्दा शब्द र सूचनाको प्रहार कम शक्तिशाली हुँदैन। आजको युगमा युद्ध केवल तोप र बारुदले मात्र होइन, कूटनीतिक वक्तव्य र मिडियाका भाष्यमार्फत सिधै मानिसको मस्तिष्कमै लडिन्छ। अमेरिका र इरानबीचको लामो र जटिल द्वन्द्व यसको ज्वलन्त उदाहरण हो, जहाँ कूटनीतिक टेबलका शान्तिका कुरा र युद्धभूमिका मिसाइल प्रहार एकैसाथ चलिरहेका छन्।एकातिर शान्तिको अपिल र अर्कोतिर सैन्य धम्कीको ‘लुकामारी कूटनीति’ले अविश्वासको खाडललाई झनै गहिरो बनाएको छ। हतियारको भिडन्तभन्दा गलत सञ्चार