नेप्सेको सीईओका लागि आवेदन माग

  • मङगलबार १२ साउन २०८३ ०३:४५ AM
काठमाडौं, १२ साउन । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिका लागि खुला प्रतिस्पर्धाबाट आवेदन मागेको छ । अर्थ मन्त्रालयले सूचना प्रकाशित गर्दै योग्य नेपाली नागरिकलाई १५ दिनभित्र आवेदन पेश गर्न आह्वान गरेको हो । इच्छुक उम्मेदवारले साउन २६ गते कार्यालय समयभित्र सिंहदरबारस्थित अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा आवेदन बुझाउनुपर्नेछ । मन्त्रालयका अनुसार अर्थशास्त्र, वाणिज्य, वित्त, व्यवस्थापन, सूचना प्रविधि, कानून वा सम्बन्धित विषयमा स्नातकोत्तर, चार्टर्ड एकाउन्टेन्सी (सीए) वा सोसरहको योग्यता हासिल गरी पुँजी बजार, वित्तीय क्षेत्र वा व्यवस्थापनमा कम्तिमा १५ वर्षको अनुभव तथा सात वर्ष व्यवस्थापकीय ... The post नेप्सेको सीईओका लागि आवेदन माग appeared first on Kalika Khabar.