वाग्मती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना

  • मङगलबार १२ साउन २०८३ ०३:५६ AM
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको प्रक्षेपण गरेको छ । विभागले वाग्मती, गण्डकी र कर्णालीका केहीस्थानमा भारी वर्षाको सम्भावना रहेको प्रक्षेपण गरेको हो । देशका हिमाली भू–भागका केही स्थानमा तथा पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका धेरै स्थानमा, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका केही स्थान तथा कोसी प्रदेशको तराई भू–भाग र मधेस प्रदेशका थोरै स्थान मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । देशको हिमाली भू–भागका थोरै स्थानमा र ... The post वाग्मती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना appeared first on Kalika Khabar.