१ करोड ८५ लाखको चेक बाउन्स, उल्टै ठगीको आरोप खेप्दै जीवन

  • मङगलबार १२ साउन २०८३ १०:०० AM
काठमाडौं : हातमा बैंकिङ कारोबारका कागजातको मोटो फाइलसहित झापाका जीवन बाँस्कोटा सोमबार दिउँसो अन्नपूर्ण पोस्ट्को कार्यालय छिरे। न्यायका लागि भौंतारिएका एक असहायजस्तै देखिन्थे। काठमाडौंस्थित एक इन्स्योरेन्स कम्पनीमा कार्यरत बाँस्कोटा आफूले पाउनुपर्ने रकम फिर्ता माग्दा उल्टै ठगी र ब्ल्याकमेलिङको आरोप खेप्नु परेको बिलौना गरिरहेका थिए।भक्तपुर घर भई हाल अमेरिका बस्दै आएकी कुस्मा बुढाथोकीसँगको आर्थिक लेनदेनमा जोडिएका बाँस्कोटासँग आफ्नो खाताबाट बुढाथोकीको खातामा रकम ट्रान्सफर भएका प्रमाणित बैंक स्टेटमेन