काठमाण्डु– लमजुङमा पहिरोले घर भत्किँदा बाबुछोरीको मृत्यु भएको छ। मध्यनेपाल नगरपालिका वडा नम्बर ७ भाटबेशीमा कुलो भत्किएर बाढीसँगै आएको पहिरोले घर पुर्दा बाबुछोरीको मृत्यु भएको हो । घटनामा एकै परिवारका चार जना घाइते भएका थिए। घाइतेमध्ये ५९ वर्षीय टीकाबहादुर विक र उनकी १५ वर्षीया छोरी बिनिता विकको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले