नेशनल लाइफद्वारा उत्कृष्ट अभिकर्तालाई प्रशिक्षण र मनोरञ्जनात्मक कार्यक्रम

  • मङगलबार १२ साउन २०८३ ०२:५४ AM
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले उत्कृष्ट काम गर्ने अभिकर्ताहरूलाई लक्षित गर्दै प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । कम्पनीको २०८३ वैशाख महिनाको मासिक योजनाअनुसार लक्ष्य पूरा गरेका र राम्रो प्रदर्शन गरेका अभिकर्ताहरूका लागि ललितपुरस्थित होटल रोयल टुलिपमा कार्यक्रम गरिएको हो । कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृतले दीप प्रज्वलन गरेर गरेका थिए