भारतीय जेलमा रहेका दुई नेपाली किसानको रिहाइका लागि पहल गर्न कांग्रेसको माग

  • मङगलबार १२ साउन २०८३ ०२:५२ AM
नेपाली कांग्रेसले नेपालमा समयमै रासायनिक मल उपलब्ध नहुँदा भारतबाट मल खरिद गर्न गएका सर्लाहीका दुई नेपाली किसान भारतीय जेलमा परेको घटनाप्रति गम्भीर चासो व्यक्त गरेको छ । सोमबार एक विज्ञप्ती जारी गर्दै कांग्रेसले उनीहरूको रिहाइ तथा समस्या समाधानका लागि सरकारले व्यावहारिक, कूटनीतिक र कानुनी माध्यमबाट तत्काल पहल गर्न माग गरेको हो । सर्लाहीको बलरा नगरपालिका