काठमाडौं : नेपाल चिकित्सक संघले आज आकस्मिक सेवाबाहेक सबै स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेको छ । सोमबार विज्ञप्ति जारी गर्दै संघले चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि राज्यले गरेको दमनको विरोधमा देशभरीका सम्पूर्ण अस्पतालमा आकस्मिक सेवाबाहेक सबै बन्द गर्ने घोषणा गरेको हो । उनीहरुले नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि भएको सांघातिक आक्रमण र अस्पतालमा भएको तोडफोडको घटनामा संलग्न दोषीलाई कानुन बमोजिम कारवाही गर्न माग गरेका छन्। कारबाहीको माग गरिरहेको अवस्थाम