कप्तानगन्ज घटना : नयाँ सिडियो र डीआईजीले कार्यभार सम्हालेलगत्तै दुवै पक्षलाई बोलाए वार्तामा

  • मङगलबार १२ साउन २०८३ ०८:०१ AM
सुनसरी : सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगन्जमा भएको घटनापछि सरुवा भएर आएका सुनसरीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) ईश्वरीप्रसाद अर्याल र कोशी प्रदेश प्रहरी प्रमुख शेखर खनालले सोमबार राति नै आ–आफ्नो कार्यभार सम्हालेका छन्।संखुवासभाका प्रमुख जिल्ला अधिकारी रहेका अर्याल सोमबार राति करिब १० बजे सुनसरी आइपुगेका हुन्। कार्यभार सम्हालेलगत्तै उनले जिल्लाको सुरक्षा अवस्थाबारे जानकारी लिँदै घटनापछि आन्दोलनमा रहेका दुवै पक्षलाई छुट्टाछुट्टै वार्ताका लागि बोलाइएको जानकारी दिए।प्रजिअ