निर्वाचन आयुक्तद्वय वाग्ले र सुब्बाको सुनुवाइ गर्न संसदीय सुनुवाइ समितिको बैठक बस्दै

  • मङगलबार १२ साउन २०८३ ०२:०७ AM
काठमाडौं ।  सरकारले निर्वाचन आयोगमा प्रस्ताव गरेका दुई आयुक्तको आज संसदीय सुनुवाइ हुँदैछ ।  प्रमुख आयुक्तमा प्रस्तावित मानबहादुर कार्की, प्रस्तावित आयुक्तद्वय गुरुप्रसाद वाग्ले र राजीब सुब्बाको सुनुवाइका लागि संसदीय सुनुवाइ समितिको बैठक बस्न लागेको हो । संवैधानिक परिषद्को गत असार १९ को बैठकले कार्कीलाई प्रमुख आयुक्त, वाग्ले र सुब्बालाई आयुक्तमा नियुक्ति सिफारिस गरेको हो ।