जलनमा राज्यले लगाउनुपर्ने मलम

  • मङगलबार १२ साउन २०८३ ०७:०० AM
नागरिकले आफ्नै शरीरमा आगो लगाउनु केवल एउटा देहको अवसान होइन; यो त राज्यको चरम विफलता र समाजको निष्ठुरताले सल्काएको चिता हो। जब बाँच्ने सम्पूर्ण आशाहरू खरानी हुन्छन् र चारैतिर अन्धकारमात्र देखिन्छ, तब मानिस मृत्युको यस्तो भयानक बाटो रोज्न विवश हुन्छ।काठमाडौंमा मुगुका २५ वर्षीय गणेश नेपालीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाए। उनको निधन भयो। भोलिपल्टै सर्लाहीमा आत्मदाहको हृदयविदारक घटना भयो। काठमाडौंको बुद्धनगर र धनगढीमा पनि यस्तै नियति दोहोरियो। लगातारका घटनाले गम्भीर प्रश्न खडा गरेका छन्, हाम्