जलवायु क्षतिपूर्तिका लागि नेपालले बनायो आधार

  • मङगलबार १२ साउन २०८३ ०७:०० AM
काठमाडौं : विगतमा पर्याप्त वैज्ञानिक प्रमाण नपुग्दा जलवायुजन्य क्षतिपूर्तिको बजेट पाउनबाट वञ्चित हुँदै आएको नेपालका लागि पहिलो पटक बलियो वैज्ञानिक आधार तयार भएको छ। पछिल्लो दुई दशकमा भएका जलवायु विपद्का घटनाबारे गरिएको एक विस्तृत अध्ययनले नेपालमा निरन्तर भइरहेका विनाशकारी बाढी, पहिरो, हिमताल विस्फोट, वर्षा र तापक्रम वृद्धिमा जलवायु परिवर्तनकै प्रत्यक्ष भूमिका रहेको पुष्टि गरिदिएको छ।यसअघि विपद्का घटना भए पनि ती घटना जलवायु परिवर्तनकै कारण हुन् भन्ने ठोस तथ्यांक नहुँदा नेपालले अन्तर्राष