‘हाइटेक’ सुरुङले हटाउँदैछ काठमाडौं छिर्ने मुख्य नाकाको सास्ती

  • मङगलबार १२ साउन २०८३ ०७:०० AM
काठमाडौं : नेपालको पहिलो आधुनिक सुरुङमार्गको रूपमा रहेको नागढुंगा–सिस्नेखोला सुरुङमार्गको औपचारिक समुद्घाटनसँगै मुलुकको सडक यातायात क्षेत्रमा नयाँ युगको सुरुवात भएको छ। सोमबार आयोजित एक भव्य समारोहका बीच नेपाल औपचारिक रूपमा ‘सुरुङ युग’मा प्रवेश गरेको हो।नागढुंगा सुरुङमार्गको उद्घाटनसँगै अब अन्य जलविद्युत्, सिँचाइ तथा सडक पूर्वाधारका सुरुङ परियोजनाहरूले पनि गति लिने अपेक्षा गरिएको छ। हाल सिद्धबाबा सुरुङमार्ग निर्माणको अन्तिम चरणमा छ भने काठमाडौं–तराई/मधेस द्रुतमार्ग (