मिडिया काउन्सिल विधेयकलाई प्रभावकारी र समयानुकूल बनाउनुपर्नेमा जोड

  • सोमबार ११ साउन २०८३ ०३:०३ PM
काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले मिडिया काउन्सिलसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न तयार पारिएको विधेयकको मस्यौदामाथि विस्तृत छलफल गरेको छ । छलफलमा बदलिँदो सञ्चार परिवेश, डिजिटल पत्रकारिताको विस्तार, प्रेस स्वतन्त्रता, पत्रकारिताको विश्वसनीयता तथा प्रभावकारी नियामकीय संयन्त्र निर्माणका विषयमा गहन विमर्श भएको हो । छलफलका क्रममा सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले लोकतान्त्रिक समाजमा स्वतन्त्र,