महिलालाई ड्राइभिङ पेसामा सशक्त बनाउन इनड्राइभको पहल, पहिलो ब्याच दीक्षित

  • सोमबार ११ साउन २०८३ ०३:३४ PM
काठमाडौं। विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले महिलाहरूलाई ड्राइभिङ पेसामा समान अवसर प्रदान गर्ने उद्देश्यले सञ्चालन गरेको ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ कार्यक्रमको पहिलो समूहलाई प्रमाणपत्र प्रदान गरेको छ। काठमाडौंमा आयोजित विशेष समारोहमा तीन महिनासम्म सञ्चालन गरिएको गहन प्रशिक्षण सफलतापूर्वक पूरा गरेका १० जना महिला सहभागीलाई आधिकारिक रूपमा प्रमाणपत्र प्रदान गरिएको हो। इनड्राइभका अनुसार यो कार्यक्रम विशेषगरी अवसरबाट वञ्चित समुदायका महिलालाई मोबिलिटी क्षेत्रमा आर्थिक अवसरसँग जोड्ने तथा परम्परागत रूपमा पुरुषको वर्चस्व रहेको ड्राइभिङ पेसामा रहेका सामाजिक र व्यावहारिक अवरोध न्यूनीकरण गर्ने उद्देश्यले सञ्चालन गरिएको हो। तीन महिनाको प्रशिक्षण अवधिमा सहभागीहरूलाई सडक सुरक्षा, व्यावहारिक सवारी ... The post महिलालाई ड्राइभिङ पेसामा सशक्त बनाउन इनड्राइभको पहल, पहिलो ब्याच दीक्षित appeared first on Kalika Khabar.