झापा : झापाको मेचीनगर नगरपालिका–६, काँकरभिट्टा स्थित भानु टोल नजिक रहेको अरुणोदय माध्यमिक विद्यालय परिसरभित्रको एक कोठामा एक शिक्षिका मृत अवस्थामा फेला परेकी छन्। मृतक सर्लाहीको लालबन्दी नगरपालिका–२, नेत्रगञ्ज निवासी कविता ढुंगाना रहेको प्रहरीले जनाएको छ।