यस्ता छन् सरकार र डा. गोविन्द केसीबीच भएको सातबुँदे सहमति

  • सोमबार ११ साउन २०८३ १०:०० PM
काठमाडौं : सरकारद्वारा गठित वार्ता टोली र अनसनरत चिकित्सक प्रा. डा. गोविन्द केसीबीच सातबुँदे सहमति भएको छ । सहमतिसँगै डा. केसीले साउन ११ गतेदेखि आफ्नो जारी अनसन अन्त्य गर्नुभएको छ । प्रतिनिधिसभा सदस्य पुकार बम तथा प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जगदीश प्रसाद अग्रवालको रोहवरमा सरकारी वार्ता टोली र डा. केसीबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो ।सरकारी वार्ता टोलीमा शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटा तथा शिक्षा