वार्षिक कार्ययोजना र खरिद योजना साउनभित्रै स्वीकृत गराउन तथा असोजभित्र सबै बोलपत्र आव्हान गरिसक्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन

  • सोमबार ११ साउन २०८३ ०८:४३ PM
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, चालु आर्थिक वर्षका लागि स्वीकृत नीति, योजना तथा कार्यक्रमको प्राथमिकता निर्धारण गरेर शतप्रतिशत कार्यान्वयनको सुनिश्चित गर्न निर्देशन दिनुभएको छ । आज सहरी योजना आयोग, विभाग, आयोजना, सचिवालय र कार्यक्रमका प्रमुखहरुसँगको बैठकमा उहाँले, योजना अनुगमन तथा मूल्याङ्कन एकाइले उपलब्ध गराएको ढाँचामा एक हप्ताभित्र वार्षिक कार्ययोजना बनाएर पेश गर्न, प्रमुख प्रशासकीय अधिकृत र विभागीय प्रमुख बिच सूचक सहितको कार्य सम्पादन सम्झौतालाई साउनभित्रै सम्पन्न गर्न, सार्वजनिक खरिद प्रक्रियामा लैजानु पर्ने योजनालाई असोजभित्र सूचना प्रकाशन गरिसक्न सम्बन्धित विभागलाई निर्देशन दिनुभयो ।  ‘वडाको चुस्त सेवाका लागि केन्द्रबाट प्रदान गर्नुपर्ने सहायता प्रदान गर्नु, मितव्ययी कार्यालय सञ्चालन प्रबन्ध गर्नु, पुराना बस्तु तथा सामान मर्मत गरेर चलाउन मिल्छ भने मर्मत गराउनु ।  यदि मर्मत गरेर चलाउन सकिँदैन भने लिलाम प्रक्रियामा लैजानू । सेवा प्रवाहमा चुस्त र सहजपन ल्याउन, वित्तीय अनुशासनमा अब्बल हुनुहोला ।’ कार्यवाहक प्रमुख डंगोलले भन्नुभयो, ‘गएको वर्षका असल अभ्यासलाई निरन्तरता दिनुहोला । करको दायरा फराकिलो बनाउनुहोला । सहरी योजना आयोगबाट प्राप्त गर्नु पर्ने सहायताका लागि ३ दिनभित्र माग पठाउनुहोला ।’  वैठकमा उहाँले, आन्तरिक तथा वाह्य समन्वय र सञ्चारलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।  वैठकमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले, उत्तरदायी, पारदर्शी र मितव्ययी महानगरपालिकाको पहिचानका लागि दत्तचित्तले काम गर्न आग्रह गर्नुभयो । ‘हरेक नीति, योजना तथा कार्यक्रमका लक्षित नतिजा छन् । ती नतिजा प्राप्त हुने गरी योजनावद्ध कार्यक्रम कार्यान्वयनका लागि विभागीय प्रमुखले मातहतका कर्मचारीहरुलाई मूल्याङ्कन सूचकसहित कार्यविवरण दिनुहोला ।’ गुरागाईँले अपेक्षा राख्नुभयो ।  बैठकमा सहरी योजना आयोगका उपाध्यक्ष डा