‘कक्रोच’ आन्दोलनमा पक्राउ परेका प्रदर्शनकारीलाई रिहा गर्न माग

  • सोमबार ११ साउन २०८३ ०१:३२ PM
एजेन्सी । भारतको युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामासँगै देशभर भएका प्रदर्शनका क्रममा पक्राउ परेका सबै प्रदर्शनकारीलाई रिहा गर्न सोमबार माग गरेको छ । परीक्षामा प्रश्नपत्र चुहावट तथा अन्य अनियमितताविरुद्ध प्रदर्शन गर्दै आएको अनलाइन समूह ‘कक्रोच जनता पार्टी’ (सीजेपी) ले असाम, पश्चिम बङगाल, बिहारलगायत राज्यमा विद्यार्थीलाई हिरासतमा राखिएको जानकारी प्राप्त भएको जनाएको छ