काठमाडौं। नेपालमा सार्वजनिक हुने तयारीमा रहेको दिपल निभो क्यू०५ (Deepal Nevo Q05) ले प्रतिष्ठित गोल्डेन ए’ डिजाइन अवार्ड प्राप्त गरेको छ। आधुनिक डिजाइन, नवीनता र प्रयोगकर्ताकेन्द्रित अवधारणाका कारण यो प्रिमियम एसयूभीले अन्तर्राष्ट्रिय स्तरको सम्मान हासिल गरेको हो। ‘गोल्डेन ए’ डिजाइन अवार्ड असाधारण सिर्जनशीलता, प्राविधिक उत्कृष्टता र प्रभावकारी डिजाइन प्रस्तुत गर्ने उत्पादनलाई प्रदान गरिने प्रतिष्ठित अन्तर्राष्ट्रिय सम्मान हो। परम्परागत सोचलाई चुनौती दिने, सम्बन्धित विधामा नयाँ दिशा दिने तथा डिजाइन र प्रविधिमार्फत उल्लेखनीय मूल्य सिर्जना गर्ने क्षमताका आधारमा विजेता छनोट गरिन्छ। यस उपलब्धिसँगै निभो क्यू०५ डिजाइन उत्कृष्टताको नयाँ मापदण्ड स्थापित गर्ने विश्वव्यापी उत्पादनहरूको ... The post नेपाल आउँदै गरेको दिपल निभो क्यू०५ लाई प्रतिष्ठित गोल्डेन ए डिजाइन अवार्ड appeared first on Kalika Khabar.