काठमाण्डु – सरकारद्वारा जारी गरिएको अनलाइन कर्मचारी सरुवा व्यवस्थापन प्रणालीमार्फत हालसम्म १ हजार ८६० वटा निवेदन परेका छन् भने १७३ जनाको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सञ्चालनमा ल्याएको अनलाइन प्रणालीमा आएका निवेदनमध्ये प्रक्रिया नपुगेका २८ वटा निवेदन फिर्ता गरिएको छ । मन्त्रालयका कर्मचारी प्रशासन महाशाखाका प्रमुख एवं सहसचिव धोलकराज ढकालका