सम्बन्ध विच्छेद प्रमाणपत्र बनाइदिने भन्दै घुस लिने वडा सचिव पक्राउ

  • सोमबार ११ साउन २०८३ ०१:१३ PM
बिर्तामोड । झापाको गौरीगञ्ज गाउँपालिका–१ का वडा सचिव अजयकुमार साह घुस लिएको आरोपमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयको टोलीले सम्बन्ध विच्छेद दर्ता प्रमाणपत्र जारी गरिदिने भन्दै सेवाग्राहीसँग १० हजार रुपैयाँ घुस लिँदै गरेका बेला साहलाई रंगेहात पक्राउ गरेको हो । अख्तियारका अनुसार साहले प्रमाणपत्र बनाइदिने काममा सेवाग्राहीसँग घुस माग्दै दुःख–हैरानी