काठमाडौं । सुनसरीमा भएको घटनालाई लिएर प्रमुख जिल्ला अधिकारीसहित प्रदेश र जिल्ला मातहतका सुरक्षा निकायका प्रमुखहरुको जिम्मेवारी खोसिएको छ । आइतबार राति भएको दुई पक्षीय तनावपछि प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरेलाई फिर्ता बोलाइएको छ । उनको ठाउँमा संखुवासभाका सीडीओ ईश्वरीप्रसाद अर्याललाई खटाइएको छ । गएराति सुनसरीको देवानगञ्ज गाउँपालिकाको कप्तानगञ्ज भन्ने स्थानमा दुई समुदायबिच झडपको