उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले बजारमा खाना पकाउने एलपीजी ग्याँसको कुनै अभाव नरहेको स्पष्ट पारेकी छन् । केही दिनदेखि बजारमा ग्याँसको अभाव भएको भन्दै उपभोक्ताबाट गुनासो आउन थालेपछि मन्त्री यादवले यस विषयमा विशेष चासो व्यक्त गरेकी हुन् । बजारमा ग्याँसको मौज्दात र आपूर्ति अवस्थाबारे मन्त्रालयले नियालिरहेको उल्लेख गर्दै उनले उपभोक्तालाई त्रसित नहुन आग्रह