काठमाडौं। नागरिक लगानी कोष र लमजुङको राइनास नगरपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालनसम्बन्धी समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ। सोमबार आयोजित कार्यक्रममा कोषका निमित्त कार्यकारी निर्देशक शोभा श्रेष्ठ सुवेदी र राइनास नगरपालिकाका प्रमुख खड्गबहादुर गुरुङले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। सम्झौताअनुसार राइनास नगरपालिकाले आफ्ना करार कर्मचारीलाई नागरिक पेन्सन योजनामा आबद्ध गराउनेछ। योजनाअन्तर्गत नगरपालिकाले प्रतिकर्मचारी मासिक दुई हजार पाँच सय रुपैयाँ र कर्मचारीले पनि सोही बराबरको योगदान गर्नेछन्। यसरी प्रतिकर्मचारी मासिक पाँच हजार रुपैयाँ नागरिक लगानी कोषमा जम्मा हुनेछ। कोषका अनुसार योजनामा सहभागी कर्मचारीले प्रचलित नियमअनुसार एकमुष्ट रकम लिन वा ६० वर्ष उमेर पूरा भएपछि ... The post राइनास नगरपालिकाका करार कर्मचारी नागरिक पेन्सन योजनामा आबद्ध हुने appeared first on Kalika Khabar.