काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा बंगलादेशी अलराउन्डर सकिब अल हसनले पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन्।तेस्रो सिजनको एनपीएलका लागि पोखराले पहिलो विदेशी खेलाडीका रूपमा ३९ वर्षीय हसनलाई अनुबन्ध गरेको हो। बायाँ हाते अर्थोडक्स स्पिनर हसनले ब्याटिङमा पनि राम्रो क्षमता राख्छन्।उनले भारतीय प्रिमियर लिग(आईपीएल)सहित विश्वका ७ भन्दा बढी फ्रेन्चाइज लिग खेलिसकेको अनुभव राख्छन्। उनले सन् २०२१ मा कोलकाता नाइट राइडर्सबाट आइपीएल खेलेका थिए।सन् २००६ मा बंगलादेशको लागि ट