तराई मधेशमा धर्मको नाममा दंगाः नागरिकमाथि बर्सिरहन्छ गोली !

  • सोमबार ११ साउन २०८३ ११:२२ AM
काठमाडौं । आइतबार राति सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जका युवाहरूको एक समूह बोलबम यात्राका लागि निस्कियो । सप्तकोशी नदीतर्फ जाने तयारीमा ठुलो आवाजमा डीजे बजाइरहेका युवाहरूलाई रातिको समयमा चर्को आवाजले असुविधा भएको भन्दै छिमेकी पक्षले विरोध जनाए । यही विषयमा सुरु भएको भनाभन बिस्तारै केही बेरमै कुटाकुट, ढुंगामुढा, आगजनी र तोडफोडमा परिणत भयो । स्थिति नियन्त्रण