काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको घटनाका विषयमा राष्ट्रिय मानवअधिकार आयोगले अनुसन्धान थालेको छ । आज विज्ञप्ति जारी गर्दै घटनाबारे आयोगको कोशी प्रदेश कार्यालयले अनुसन्धान थालेको जानकारी गराएको हो । आयोगले प्रमुख जिल्ला अधिकारी, सुनसरी प्रहरी प्रमुख, अस्पताल प्रशासन र स्थानीयवासी सँग घटनाबारे जानकारी लिइरहेको विज्ञप्तिमा उल्लेख छ । केही दिन अघि गाउँ पालिकाले बनाएको सोलार