काठमाण्डु – राष्ट्रिय मानव अधिकार आयोगले सुनसरीको देवानगञ्जमा भएको झडप घटनामा संवादबाट समाधान खोज्न अपिल गरेको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण समाधानका लागि अपिल गरेको हो । ‘शान्तिपूर्ण रूपमा वार्ता र संवादकै माध्यमबाट विवादको समाधान खोजी वातावरणलाई सहज बनाउँदै सामाजिक सद्भाव कायम राख्ने कार्यमा सहयोग पुर्याउन आयोग