आक्रमणमा घाइते डा. प्रमोद रामलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताले भेटिन्

  • सोमबार ११ साउन २०८३ ११:४२ AM
काठमाडौं । नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणमा गम्भीर घाइते भएका मेडिकल अफिसर डा प्रमोद रामलाई थप उपचारका लागि काठमाडौँ स्थित राष्ट्रिय ट्रमा सेन्टर ल्याइएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा सेन्टर पुगेर घाइते डा रामको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै उपचारमा कुनै कमी हुन नदिन चिकित्सक र अस्पताल प्रशासनलाई निर्देशन दिएकी छन्