काठमाडौं । गएराति सुनसरीमा भएको घटनालाई लिएर गृह मन्त्रालयले त्यहाँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरुलाई फिर्ता बोलाएको छ। गृहमन्त्रालयमा आज बसेको बैठकले घिमिरेलाई फिर्ता बोलाएर उनको ठाउँमा संखुवासभाका सीडीओ ईश्वरीप्रसाद अर्याललाई खटाउने निर्णय गरेको हो ।