काठमाण्डु – लोक सेवा आयोगको अधिकार क्षेत्रमा हस्तक्षेप भएको भन्दै लोक सेवा परीक्षाको तयारीमा रहेका विद्यार्थीहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । साउन ४ गते मुख्यसचिवको अध्यक्षतामा बसेको सचिवस्तरीय बैठकले गरेको निर्णयको बुँदा नम्बर ११ खारेज गर्न माग राखेर विद्यार्थीहरूले प्रदर्शन गरेका छन् । प्रदर्शनमा सहभागी विद्यार्थीले मुख्यसचिवको निर्णयले लोक सेवा आयोगजस्तो संवैधानिक तथा स्वायत्त